सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

बारम्बार सोधिने प्रश्नहरु

१. के गुनासो दर्ता गर्न म आफु रजिस्टर्ड हुनु पर्छ?

पर्दैन, तपाईले "गुनासो/उजुरी दर्ता गर्नुहोस" लिंकमा क्लिक गरी आफ्नो गुनासो दर्ता फारम भर्न सक्नु हुन्छ।

२. गुनासो दर्ता गर्दा मैले कुनै सम्बन्धित फाइल पठाउन सक्छु?

तपाईले आफुले चाहेजति फाइल पठाउन सक्नु हुन्छ तर एउटा फाइल १० एम.बी भन्दा बढी हुनुहुदैन।

३.कस्ता प्रकारका फाइलहरु पठाउन सकिन्छ?

तपाईले फोटो, भिडियो, पि.डी.एफ फाइल वा डकुमेन्ट फाइल पठाउन सक्नुहुन्छ।

४. गुनासो दर्ताको लागि पासवोर्डको आवश्कता किन पर्दछ?

यदि तपाई आफ्नो गुनासोको स्थिति संबेदनसिल तथा सुरक्षित राख्न चाहनुहुन्छ भने पासवोर्डको आवश्कता पर्दछ र गुनासोको स्तिथि थाहापाउन दर्ता नम्बरको साथै पासवोर्डको पनि आवश्कता पर्दछ।

५.यदि मैले आफ्नो पासवोर्ड बिर्से/हराएको खण्डमा के गर्ने?

तपाईलाई "पासवोर्ड बदल्नुस" लिंकमा गएर पासवोर्ड बदल्न वा "पासवोर्ड बिर्सिनुभयो" लिंकमा गएर पुनः पासवोर्ड पाउन सक्नुहुन्छ।

६. मेरो व्यक्तिगत बिवरण कसले हेर्न सक्छ?

तपाईको व्यक्तिगत बिवरण हेलो सिएम कक्षको सम्न्धित पधादिकारीले मात्र हेर्न सक्नेछन्।

७.मैले मेरो व्यक्तिगत बिवरण किन भर्नुपर्दछ?

साधारणतया, तपाईको व्यक्तिगत बिवरण महत्वपूर्ण छैन तर तपाईको गुनासोको बारेमा थप जानकारी लिन वा तपाईसंग सम्पर्क गर्न हेलो सिएम कक्षको कर्मरीलाई आवश्यक पर्नसक्दछ।

८.के मैले गुनासोको बारेमा स्मरण तथा स्पष्टीकरण दिनसक्छु?

तपाईले गुनासोको बारेमा "स्मरण/ स्पष्टीकरण गराउनुहोस" लिंक बाट स्मरण तथा स्पष्टीकरण दिन सक्नुहुन्छ।

९.मैले आफ्नो गुनासोको नतिजा कसरी थाहापाउन सक्छु?

तपाईले आफ्नो नयाँ गुनासो दर्ता गर्दा यस प्रणालीले तपाईलाई दर्ता नम्बर दिनेछ र सो दर्ता नम्बरको सहयोगले तपाई आफ्नो गुनासोको नतिजा हेर्न र बुझ्न सक्नुहुनेछ।

१०.यदि मैले मेरो गुनासो/उजुरी को दर्ता नम्बर हराए वा बिर्सेको खण्डमा के गर्ने?

तपाईले गुनासो दर्ता नम्बर पुन: प्राप्त गर्न सक्नु हुनेछैन तसर्थ तपाईले आफ्नो गुनसो/उजुरी को दर्ता नम्बर सुरक्षित राख्नु पर्ने हुनेछ । हामीले गुनसो दर्ता क्रममा तपाईलाई इमेलमा पनि दर्ता नम्बर पठाउने गर्दछौ।

११.के मलाई हरेक गुनसोको छुट्टाछुट्टै दर्ता नम्बर दिईनेछ?

हो, हामी तपाईलाई हरेक गुनसो दर्ता गर्दा छुट्टाछुट्टै दर्ता नम्बर प्रदान गर्दछौं