सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 02-2024-FIYV83
मिति
स्थिति प्रक्रियामा रहेको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
सम्वन्धित कागजातहरु 1708395366_60858414-cb9c-4a54-b909-3b1913a00e1d.jpeg
गुनासो/उजुरीको संक्षिप्त विवरण आदरणाीय सर÷म्याडम नमस्कार, महोदया विषय बढो सम्बेदनशील, अति गोपनिय तथा गम्भीर रहेकाले उक्त विषयलाई सोही किसिमले हेरीदिनहुन हार्दिक अनुरोध गर्दछु । स्वास्थ्य सेवा जनताको प्राथमिक तथा न्यूनतम अधिकार र सरकारको आधारभूत दायित्व हो । यस्तो अति सम्वेदनशील विषयमा भएको घिन लाग्दो राजनितीले सुदुरपश्चिमको स्वास्थ्य सेवाको निरन्तरता तथा सेवा संचालनमा समग्र क्षेत्र जगतलाई नै नराम्रो प्रभाव पारेकोछ । विषय सेती प्रादेशीक अस्पतालको हो । जहाँ अमुख एकजना डाक्टरले निर्ममरुपले जनताबाट अबैधरुपमा रकम असुली तथा धन्दा चलिई राखेकोछ । यो बडो निन्दनिय तथा अचम्मको कुरा छ कि सेती प्रादेशीक अस्पताल सरकारी भन्दा पनी निजी अस्पताल झै सञ्चालन भै रहेको अवस्थामा छ । जहाँ विरामीबाट उठाएको रकम सम्पूर्ण रुपले चिकित्सकहरुमा मात्रै बाढ्ने चलन रहेको छ । र कसले कती पउने भन्ने कुराको यकीन त्यसै अस्पतालमा कार्यरत डा. सुरेन्द्र बस्नेतले गर्ने गरेका छन् । डा. सुरेन्द्र बस्नेत भेरी अस्पताल, नेपालगन्जमा दरबन्दी रही हाल काजमा सेती प्रादेशीक अस्पतालमा कार्यरत रहेकाछन् । स्त्री रोग विषेशज्ञ उनी डा. बस्नेतकी श्रीमती को पेशागत सुरक्षाका लागी हरेक अपरेशन पश्च्यात रु.५००० दिने गरी आमा सुरक्षा कार्यक्रम संचालन समेत गराएकाछन् । त्यस्को प्रमाण के पनी हो भने, डा. बस्नेतकी श्रीमतीले सेती अस्पतालमा कार्य सुरु गरेपछी मात्रै रुे. ५००० दिने कार्यको थालनी भई आएको छ । निज बस्नेत नेपाल सरकारबाट नियुक्त पाएका शल्य चिकित्सक रहेपनी उनी अन्य सबै विधामा जस्तै युरोलाजी लगायतका क्षेत्रमा समेत कामगर्ने गर्छन । तर सरकारको सेवा सुविधा पश्च्यात पनी विभिन्न अस्वाभाविक सेवाहरु लिने जस्ता गैरकानूनी एवम् पूवाग्रही किसीमका निर्णयहरु समेत निजले आफुले काम गर्ने विभागमा गरेका छन् । यसरी गुपचुपरुमा भई आएको संकलीत रकमको बाडफाँडले सरकारी कोषमा आउनुपर्ने रकम नै नआउने अवस्थामा पु¥याएको छ जस्को प्रत्यक्ष असर सोही कोषका भरमा जिविकोपार्जन गरी जिवन निर्वाह गर्दै आएका विभिन्न व्यक्तिहरुको जागीरमा परेकोछ । सरकारी कोषको रकम व्यक्तिले पाउँदा अस्पतालमा अति आवश्यक कयौ कर्मचारीहरुको जिवन बेघर हुने अवस्थामा पुगेकोछ । बडो अचम्मको कुरा त के भने सरकारले निर्णय नै गरीसकेका विषयहरु पनी विभिन्न राजनैतिक पहुँचका आधारमा कार्यान्वयन नभई बसेकाछन् । डा. बस्नेतको काज फिर्ता भै सक्यो तर पनी न कार्यक्षेत्र जान नै छाड्छन् न निजलाई उपलब्ध गराइएको सरकारी आवास छाडेर जान चाहन्छन् । (निज बस्नेतको सरुवा कागज यसै साथ संलग्न रहेकोछ ।) त्यसैकारण धेरै काबील तथा हाई प्रोफेश्नल डाक्टरहरु सरकारी निवास नपाई होटेलमा बसी सेवा दिइरहेको अवस्था छ । यस्ता किसिमका अनावश्यक लफडा तथा गैरकानूनी कार्यहरुले काबील सुदुर पश्चिमका चिकित्सकहरु तथा अरु चिकित्शकहरुलाई समेत सेती प्रादेशीक अस्पतालमा आई काम गरी विपन्न वर्गहरुलाई सरकारी सुविधा लिन दिन बाट बाट बन्चित गर्दै आईरहेको छ । कुरा बुझ्दै जादा निज डा. बस्नेतकी दिदी नाता पर्ने लक्ष्मी बस्नेत गण्डकी प्रदेशकी प्रमुख सचिव रहेको र सोही बाट सेती प्रादेशीक अस्पतालमा बसी गैरकानूनीरुपमा राजनैतिक पहुचका आधारमा भएको काज फिर्ता समेत कार्यान्वयनमा बाधा गरी सोही ठाउँमा बसी गैर कानूनी आचरण देखाई समग्र नियामक निकाय, स्वास्थ्य संस्था तथा क्षेत्रलाई नै चुनौती दिइरहेको अवस्था छ सेती प्रादेशीक अस्पतालका मे.सु. डा. शेर बहादुर कमरले पनी त्यस्तै गर्दै आएका छन् । उहाले पनी डा. सुरेन्द्र बस्नेतको काजको पत्र लुकाएर बसेका छन् । डा. सुरेन्द्र बस्नेत विगत ७ वर्ष देखी काजमा छन् । यसको मूल कारण भनेकै मिलेर खाउ भन्ने नै हो । डा. हेमराज पाण्डे जो सुपको ११ औ तहका सचिव स्तरिय डा. हुन जसलाई अहिले मुख्यमन्त्रि कार्यालयमा राखिएको छ । किनभने उहा कसैको भागवण्डामा पर्नु नै भएन । अती कडा तथा हक्की स्वभावका उहा कसैको हित बाहेक नसुन्ने अहिले यो अवस्था आएको छ । उहाँलाई सेती बाट हटाएपछि सेतीको विकासका नाममा के भइरहेकोछ प्रष्टरुपमा देखिन्छ । जो सब्बै सुरेन्द्र बस्नेतको योजनामा बन्दै छन् । यस्तै रहे हामी काजका कर्मचारी जस्को भरमा पुरै सेती अस्पताल रहेकोछ के हुन्छ केही अत्तोपत्तो छैन । न निति निमार्तालाई त्यसका बारेमा केही कही जानकारी छ । फेरी एउटा करारका कर्मचारीलाई हटाउने र आफु निकटका व्यक्तिलाई ल्याउने अवस्था बाहेक केही हुनेवाला छैन । यसले स्वास्थ्य अवस्था के कसरी अगाडी बढ्नेहो केही थाहा छैन । सेतीमा हाल कार्यरत मेसु शेर बहादुर कमर १० औ तहका हुन जो माओवादी कोटाका हुन । ११ औ तहका एक मात्र डा. हेमराज पाण्डे जो वरिष्ठ बालरोग विशेषज्ञ छन् उहाँलाई काम नभएको ठाउमा पठाउने कुराले पनी सो कुरा पुष्टी हुन्छ की सबै मिल्ने स्वास्थ्य संस्था बेच्ने र खाने खेल कहा सम्म चलेको छ भनेर । हुन त हामी यो कुरामा पनी विश्वस्त छौ कि अस्पतालको खाताको रकम समाप्त भएपछि उहाँलाई फेरी त्यै मन्त्रालयले केही समयपछि मे.सु बनाएर पठाउनेछ किनकी उहाँको त्यो कार्यशैलीले उहाको आवश्यकता महसुस गर्नेछ । हक हितको लागी उहाले गर्नुभएको कुरा जग जाहेर छ । यसकारण यो निवेदनका आधारमा यस विषयको ध्यानाकर्षण गरी यस विषयमा आवश्यक कारवाही गर्न अनुरोध छ । भवदीय,
कार्यहरू
सम्बन्धीत विषय अनुसन्धानको प्रक्रियामा रहेको सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपाल
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो दर्ता प्रक्रियामा अगाडी बढाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो दर्ता प्रक्रियामा अगाडी बढाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल