सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2026-44YJCW
मिति
स्थिति दर्ता भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
सम्वन्धित कागजातहरु 1777197666_IMG_7245.jpeg
गुनासो/उजुरीको संक्षिप्त विवरण महोदय,            विषयलाई सोही किसिमले हेरीदिनहुन हार्दिक अनुरोध गर्दछु । स्वास्थ्य सेवा जनताको प्राथमिक तथा न्यूनतम अधिकार र सरकारको आधारभूत दायित्व हो । विषय सेती प्रादेशीक अस्पतालको हो । जहाँ अमुख एकजना डाक्टरले निर्ममरुपले जनताबाट अबैधरुपमा रकम असुली तथा धन्दा चलिई राखेकोछ । यो बडो निन्दनिय तथा अचम्मको कुरा छ कि गेटा र सेती प्रादेशीक अस्पताल सरकारी भन्दा पनी निजी अस्पताल झै सञ्चालन भै रहेको अवस्थामा छ। कुरा हो डा. अरुण पाण्डे को विषयको जसको बरेमा बुझ्दै जाडा उहाॅ छात्रवृत्ति करार मा गेटा अस्पातल मा आबद्ध हुनु हुदो रैछ। तर अचम्मको कुरा त के रहेछ भने उहाॅले पहुॅचको भर मा सेती अस्पताल गरि दोहोरो जिम्मेवारी दिएको रहेछ। जसको फाइदा उहाॅले लिएर न यता गेटामा काम गर्नु हुन्छ न उता सेती अस्पतालमा काम गर्नु हुन्छ र हामी सेवाग्राही ले सोध्दा उता छु भन्नु हुन्छ गेटा अस्पाताल मा खोज्दा सेती मा छु भन्ने जवाफ दिनु हुन्छ । उपचारको सिलसिलामा चैत २७ गते गेटा अस्पताल पुगेँ। त्यहाँ किड्नीको डाक्टर छैन भनेर भनियो। त्यसपछि सेती अस्पताल पुगेँ, त्यहाँ पनि भेट भएन। पछि बुझ्दै जाँदा उहाँ बिना जानकारी बिदामा हुनुहुँदो रहेछ। म चैत २७ गते देखि भौतारिएको मान्छेले वैशाख २ गते बल्ल सेवा पाएँ। उहाॅ गेटा अस्पातलमा गए पश्चात् बिगत १ वर्षमा एउटा पनि अपरेशन गर्नु भएको छैन र हामी जस्ता सेवाग्राहीको नम्बर आफैॅ लिनु हुन्छ अनी पछि बाट कल गरेर आफु कार्यरत के जी अस्पतालमा बोलाएरा मोहंगो शूल्क तिर्न बाध्य बनाउनु हुन्छ। कुरो बुझ्दा त तब अचम्म लाग्यो जब हामी लाई थहाॅभयो की छात्रवृत्ति बन्ड का डाक्टरले निजी मा काम गर्न नमिल्दो रहेछ। पछि सेती अस्पतालमा यो कुरा बुझ्न जादा त्यहा पनि तेही देखियो जहा उहाॅले बिरामी संग फोन नम्मवर लिने अनि सेती कै रेट मा बहिर गरीदिन्छु भन्दै असुली धन्दा चलाएका रहेछन। सेती अस्पतालमा अपरेशन गरेका हरएक बिरामी को पाइप वाह ले निजी मा मात्र निकल्नु हुन्छ सेतीमा समय लाग्छ भनेर। यसकारण यो निवेदनका आधारमा यस विषयको ध्यानाकर्षण गरी यस विषयमा आवश्यक कारवाही गर्न अनुरोध छ । 
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल