सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2026-59TFL0
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार स्थानीय तह सम्बन्धी गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण प्रस्तुत बिषयमा धनगढी उपमकानगरपालिका बडा न ३ मा नाली निमार्ण गर्ने भनेर धनगढी उपमहानगर पालिका ले जबरजस्ती ३ ४ जनाले टोल बिकास समिति गठन गरि सो टोल बिकास समितिको निर्णय भनि प्रति घर जग्गा बिस हजार जबरजस्ती उठाउने गरेको तथा सो कार्य नगरपालिकाले गनुपर्नेमा कुन ऐन नियम कार्यबिधि अनुसार नगरपालिकाले बिकास गर्न जनाताबाट पैसा उठाएको होे साथै सो टोल बिकास समिति ले पैसा नदिनेलाई बडा कार्यालयबाट पाउने सुबिधा तथा सेवामा बन्देज लगाउने भनि घम्की दिएको स्थानिय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानिय सरकारलाई जनताले भनेजति कर तिरेको अबस्थामा बिकास निमार्णका कार्य गर्न धनगढी उपमहानगरपालिका लाई जनताबाट रकम जबरजस्ती उठाउने जनता लाई पैसा दिन आतंकित पार्न लगाउने टोल बिकास समिति कुन कानुन र नियमको आधारमा निमार्ण भयो टोल बिकास समिति निमार्ण गर्दा सबैको सहमति हुन पर्ने हो तर सबैको सहमति बेगर सो टोलमा बडा अध्यक्षको संलग्नतामा सो कार्य भएको पाईएकोले यो गैरकानुनी कार्य तुरुन्त रोकी जनाता बाट पैसा उठाई बिकास गर्ने कार्य को धोर निन्दा गर्दे हुनेले त देलान जो दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक टार्छन उनिहरुले बिस हजार कहाबाट दिने गोपाल हमाल मेयर भएको उपमाहानगरपालिका त यस्तो अबस्था छ यदि बिकास गर्न जनताले पैसा उठाउनुपर्ने भए कर के को लागी स्थानिय सरकार यस्ता कार्य तुरुन्त रौको नत्र टोलबिकास समितिका धम्की र गैरकानुनी कार्यले राष्टिय स्तरमा समेत छिटै चर्चा पाउन सक्छ र टोल बिकास समितिको गैरकानुनी कार्य र धम्की माथी कानुनी उपचार समेत खोजिनेछ ।
कार्यहरू
तपाईको गुनासो धनगढी उ.म.न.पा.सँग सम्बन्धित रहेकोले सो कार्यालयमा गुनासो व्यवस्थापनको लागि पत्र पठाइसकिएकोले सोही कार्यालयसँग समन्वय हुन अनुरोध छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल