सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 04-2026-BOLC5F
मिति
स्थिति दर्ता भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार सुझाव सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण आदरणीय मुख्यमन्त्री ज्यू, मुख्यमन्त्रि तथा मन्त्रिपरिसदको कार्यालय सुदुरपश्चिम प्रदेस धनगडी, कैलाली सादर नमस्कार ! धनगढीदेखि नेपालगञ्ज रुटमा चल्ने सार्वजनिक सवारी साधनहरूले अधिकांसले गन्तव्यसम्मकै भाडा लिएर कैलालीको चिसापानीसम्म मात्र पुर्‍याउने र त्यहाँबाट अर्को गाडीमा अदलीबदली गराउने गरको कुरा यस रुटमा यात्रा गर्ने जोकोहीले पनि भोग्नु परेकै छ। २/३ वटा गाडीका यात्रूलाई एउटै गाडीमा कोचाकोच गरी बसाल्दा ओभरलोड भएर सवारी साधन दुर्घटनामा पर्ने जोखिम त छँदैछ, साथै यात्रुहरूले आरामदायी रूपमा यात्रा गर्न पाउने अधिकार पनि हनन भएको छ। समयमा पुग्नुपर्ने यात्रुले सास्ती खेप्नुपरेको अवस्था छ। यात्रु र सवारी चालक बीच यस्झ यस विसयमा विवाद र झगडा समेत हुने गरेको पाइन्छ| खासगरीकन गर्भावती महिला, अपांगता भएका व्यक्त्ति, उपचार गर्न जाने व्यक्ति झनै प्रभावित हुने गरेका छन | यसको समाधानका लागि आवश्यक पहल गरी छरितो र आरामदायी यात्राका लागि सम्बन्धित निकायको ध्यान जाओस् भन्ने उद्देश्यले यो सुझाव व्यक्त गर्दछु। सकारात्मक प्रयासको अपेक्षा सहित ! धन्यवाद, नमस्कार।
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुमोदन गरेको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल