सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 05-2026-A4ED2U
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार सार्वजनिक निर्माणमा सम्बन्धी
सम्वन्धित कागजातहरु 1777719614_doc.pdf
गुनासो/उजुरीको संक्षिप्त विवरण श्रीमान मुख्य मन्त्री ज्यु सुदूरपश्चिम सरकार, घनगढी कैलाली विषय: आवश्यकता र प्राथमिकताको पहिचान गरी बजेट कार्यान्वयन गर्न आवश्यक निर्देशन गरी फ्रिज जान लागेको बजेट रोकी पाऔं । महोदय, सुदूरपश्चिम सरकारले (विषेश अनुदान ) मार्फत आर्थिक बर्ष २०८२-०८३ मा बझाङ जिल्ला जयपृथ्वी नगरपालिका वडा नं ८ स्थित सुर्मा देवी मन्दिर पुनःनिर्माकणको लागि रु. ८,००,०००/- बजेट विनियोजन गरेको थियो । जयपृथ्वीनगरपालिका वडा नं ८ मा २ वटा सुर्मा देवि मन्दिरहरु रहेका छन जसमध्ये बारिल टोलमा रहेको मन्दिर जिर्ण अवस्था रहेको र सेलाखेत टोलमा रहेको सुर्मा देवि मन्दिर यो भन्दा अघाडि बारम्बार बजेट विनियोजन भइ पुर्ण रुपमा व्यवस्थित रहेको नगरपालिका सहित सम्पुर्ण वडा बासिलाइ सर्बवितितै छ । जयपृथ्वी नगरपालिका वडा नं ८ वडा कार्यालयले वडाको आवश्यकतानुसार विनियोजित बजेट व्यवस्थापन गर्नका लागि वडा कार्यालयको पत्र सख्या २०८२।०८३ को च.नं. ३६१ मिति २०८३।०१।१६ गतेको सिफारिस अनुसार बारिल टोलमा रहेको सुर्मा देवि मन्दिर जिर्ण रहेको र सेलाखेतमा रहेको सुर्मा मन्दिर पुर्ण रुपमा व्यवस्थित रहेकोले उक्त बजेट बारिल टोलमा रहेको मन्दिरलाइ पुन निर्माण गर्नका लागि सिफारिस गरिएको छ । वडा कार्यालयले वडाको आवश्यकतानुसार बजेट व्यवस्थापन तथा कार्यान्वयन गर्नका निमित्त नगरपालिकामा सिफारिस गरि सक्दा पनि हाल आएर नगरपालिका नगर प्रमुख चेतराज बजाल ज्युको विवाद आएको भन्दै उक्त बजेट फ्रिज गराउने मनासाय देखिएको छ । उक्त विवाद कता र कुन व्यक्तिबाट आएको हो हाल सम्म कुनै जानकारी नभएको र यदि विवाद आएकै हो भने हाल सम्म नगरपालिकाले विवाद समाधानका लागि कुनै पहल नगरि सोझै विवाद आएको भनि बजेट रोक्का गरि फ्रिज गराउनु न्याय संगत नहुने र विवाद आउने वितिकै सबै बजेट रोक्का हुने भए स्थानिय सरकार र जनप्रतिनिधिहरुको काम चाहिँ आफु खुसि बजेट आएमा मात्र काम गर्ने नत्र विभिन्न कारणहरु देखाइ बजेट फ्रिज गराउने नियत रहदै आएको छ । जयपृथ्वी नगरपालिका वडा नं ८ मा रहेको सुर्मा देवी मन्दिर पुन निर्माण कार्यका लागि आएको बजेट आवश्यकताको सिद्धान्त अनुसार बजेट कार्यान्यवयन गर्नु पर्नेमा सो नगरी नेपालको संविधानको धारा ३२(३) द्धारा प्रदत्त मौलिक हक र उल्लेखित ५२(२) राज्यका निर्देशक सिद्धान्तको ठाडो उलंघन हुनका साथै स्थानिय सरकार सञ्चालन ऐन ७४ द्धारा प्रदत्त दायित्वबाट स्थानिय सरकार गैह्र जिम्मेवार बनेको छ । Doctrine of Basis of Necessity & Priority को आधारमा बजेट कार्यान्वयन गर्न नगरपालिका तथा वडा कार्यालयलाइ आवश्यकता र प्राथमिकताको आधारमा बजेट कार्यान्वयन गर्नु फ्रिज जान नदिनु भनि आवश्यक निर्देशन गरी पाउन प्रस्तुत निवेदन सहित उजुरी पेश गरेको छौं । निवेदक: ऋितिक बोहरा मितिः २०८३।०१०।१९ जयपृथ्वी नगरपालिका ८ बारील बझाङ
कार्यहरू
तँपाइकाे गुनासाे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
हेलो सिएम कक्षले तपाइको गुनासो अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल