सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 06-2026-T1N91H
मिति
स्थिति दर्ता भएको
निवेदकको नाम र ठेगाना Tekendra Bhandari, Dhangadhi, 12 Jugeda, Kailali

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान
सम्वन्धित कागजातहरु 1782062371_combine - Google Docs-compressed.pdf
गुनासो/उजुरीको संक्षिप्त विवरण महोदय, म टेकेन्द्र भण्डारी, कैलाली जिल्लाको स्थायी बासिन्दा तथा सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कम्प्युटर इन्जिनियरिङ चौथो सेमेस्टर अध्ययनरत विद्यार्थी हुँ। अत्यन्तै कमजोर आर्थिक अवस्थाका कारण मेरो उच्च शिक्षा निरन्तरता दिन कठिन भएकोले यो निवेदन पेश गरेको छु। मेरो बुबाको मिति २०७०/०६/०७ गते निधन भएको थियो। त्यसयता हाम्रो परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर रहँदै आएको छ। हाल हाम्रो परिवारमा मेरी आमा, म, मेरो भाइ (कक्षा ६ मा अध्ययनरत) तथा अर्का भाइ रहेका छन्। आर्थिक अभावका कारण मेरो माइलो भाइले कक्षा ८ पछि पढाइ नै छोड्नुपरेको थियो। मेरी आमाले शाहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको Mitral Valve Replacement शल्यक्रिया गराउनुभएको छ। उहाँले हाल दैनिक Warfarin 4-5 mg औषधि सेवन गर्नुपर्ने तथा नियमित PT/INR परीक्षण गराइरहनुपर्ने अवस्था छ। यसले परिवारमा थप आर्थिक भार परेको छ। हाल हाम्रो परिवारको मुख्य आम्दानी स्रोत मेरी आमाले प्राप्त गर्ने एकल महिला भत्ता मात्र हो, जुन करिब रु. ८,००० प्रति तीन महिनामा प्राप्त हुन्छ। यो रकमले घरखर्च, औषधि उपचार तथा शैक्षिक खर्च धान्न अत्यन्त कठिन भएको छ। म सुदूरपश्चिम विश्वविद्यालयमा सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेको भए तापनि प्रत्येक सेमेस्टरमा करिब रु. ७,१०० तथा परीक्षाका लागि करिब रु. १००० देखि रु. २,००० शुल्क तिर्नुपर्ने हुन्छ। म हाल महेन्द्रनगरमा बसोबास गर्दै अध्ययन गरिरहेको छु भने मेरो स्थायी घर धनगढी हो। घरदेखि टाढा बसेर अध्ययन गर्नुपर्ने भएकाले मैले भाडा, खाना तथा अन्य दैनिक जीवनयापनका खर्चहरू आफैं वहन गर्नुपर्छ, जुन मेरो वर्तमान आर्थिक अवस्थाले धान्न अत्यन्तै कठिन भइरहेको छ। मैले स्थानीय तहमा आर्थिक सहयोगका लागि पहल गर्दा न्यून आय भएको व्यक्तिको सिफारिसपत्र प्राप्त गरे तापनि हालसम्म कुनै प्रभावकारी सहायता प्राप्त गर्न सकेको छैन। मसँग बैंकबाट ऋण लिन आवश्यक धितो (लालपुर्जा भएको जग्गा-जमिन) समेत उपलब्ध छैन। त्यसैले मेरो पारिवारिक, आर्थिक तथा शैक्षिक अवस्थालाई मध्यनजर गरी उच्च शिक्षा निरन्तरता दिन आवश्यक आर्थिक सहयोग, सहुलियतपूर्ण शैक्षिक ऋण, विशेष विद्यार्थी सहायता कार्यक्रम वा उपलब्ध कुनै पनि सरकारी सहयोग प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। म आफ्नो अध्ययन पूरा गरी भविष्यमा देशको सूचना प्रविधि तथा साइबर सुरक्षा क्षेत्रमा योगदान गर्ने दृढ लक्ष्यका साथ अध्ययनरत छु। मेरो शैक्षिक यात्रालाई निरन्तरता दिन यहाँहरूको सहयोग अमूल्य हुनेछ। संलग्न कागजातहरू: १. नागरिकताको प्रतिलिपि २. विद्यार्थी परिचयपत्रको प्रतिलिपि ३. विश्वविद्यालय शुल्कसम्बन्धी कागजातहरू ४. बुबाको मृत्यु दर्ता प्रमाणपत्र ५. आमाको मुटु शल्यक्रियासम्बन्धी कागजातहरू ६.न्यून आय भएको सिफारिसपत्र ७. अन्य आवश्यक प्रमाणहरू अतः मेरो निवेदनमाथि सहानुभूतिपूर्वक विचार गरी आवश्यक सहयोग उपलब्ध गराइदिनुहुन विनम्र अनुरोध गर्दछु। निवेदक, टेकेन्द्र भण्डारी कम्प्युटर इन्जिनियरिङ विद्यार्थी सुदूरपश्चिम विश्वविद्यालय सम्पर्क नं.: ९८४८५६०७२२ इमेल.: tekendraa67@gmail.com
कार्यहरू
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल