तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
| ट्र्याक नम्बर | 08-2026-A92MKG |
| मिति | |
| स्थिति | दर्ता भएको |
| निवेदकको नाम र ठेगाना | गाेप्य |
| गुनासो स्रोत | वेब एप |
| गुनासोको प्रकार | कर्मचारी माथिको भेदभाव |
| गुनासो/उजुरीको संक्षिप्त विवरण | आज म अत्यन्त संवेदनशील तथा कर्मचारीको चासो,गुनासो र समस्याको बिषयमा गुनासो दर्ता गर्न गइरहेको छु,आशा छ उक्त गुनासो यथाशीघ्र फर्छौट हुनेछ। स्थानीय तहको सेवा सञ्चालन तथा ब्यबस्थापन सम्बन्धि ऐन तथा नियमावली कार्यान्वयनमा आइसकेको कुरा सर्वविदितै छ।त्यसमा चक्रिय प्रणालीबाट भाद्र महिनामा सरुवा हुने व्यवस्था भएतापनि हालसम्म कुनै पनि आधिकारिक सूचना नहुदा कर्मचारीमा नैराश्यता तथा आफ्नो कामप्रति लगाव घट्दै गइरहेको छ। अर्कातर्फ गत बैशाख र असारमा दुवै स्थानीय तहको सहमतिमा सरुवा भएको तथा दुवै स्थानीय तहको सहमति नपाएका कर्मचारीहरू लामो समयदेखि दुर्गममा बस्न बाध्य छन। फलस्वरुप कर्मचारीहरूमा निरस र खस्केको मनोबल लिएर काम गर्नुपर्ने वाध्यता छ।त्यसैगरि हाल पनि केही स्थानीय तहहरूले सरुवा सहमतिका लागी सूचना प्रकाशित गरिरहेकोले कर्मचारीहरूमा थप अन्योलता सिर्जना गरेको छ।यदि दुबै स्थानीय तहको सहमतिमा मात्र सरुवा हुन्छ भने त्यसै अनुरूप दोहोरो सहमतिको प्रक्रिया तर्फ लान्ने थिए,यदि चक्रिय प्रणालीबाट हुन्छ भने यथाशीघ्र सूचना प्रकाशित गरि यस सम्बन्धमा भएको अन्योलमा स्पष्ट पारिदिनहुन अनुरोध छ। |
| कार्यहरू |
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|