सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2026-I8EXD6
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार स्वास्थ्य चौकी/अस्पतालसंग सम्बन्धी
गुनासो/उजुरीको संक्षिप्त विवरण आवश्यक कारबाही सम्बन्धमा श्रीमान्, सेती अस्पतालमा कार्यरत डा. अरुण पाण्डेले मिति २०८३/०४/२१ गते कार्यालय समयभित्र एनेस्थेसिया विशेषज्ञ चिकित्सकको उपस्थितिविना, केवल एनेस्थेसिया सहायक श्री प्रेम चन्दलाई संलग्न गराई शल्यक्रिया गरेको भन्ने जानकारी प्राप्त भएको छ।के जी अस्पतास धनगढीमा दुई–चार पैसा बचाउने उद्देश्यले यसरी आवश्यक मापदण्डविपरीत गरिएको उक्त शल्यक्रियाका क्रममा एक बिरामीको मृत्यु भएको भन्ने गम्भीर विषय सार्वजनिक भएको छ। यस विषयमा बुझ्दै जाँदा, डा. अरुण पाण्डे सेती अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. हेमराज पाण्डेका भाइ भएकाले उहाँबाट संरक्षण प्राप्त भइरहेको भन्ने बुझिएको छ। साथै, छात्रवृत्ति करारमा कार्यरत चिकित्सकलाई यस प्रकारको कार्य गर्न अनुमति नहुने अवस्थासमेत रहेको हुँदा यस विषयमा निष्पक्ष छानबिन आवश्यक देखिन्छ। उक्त घटनाका कारण एक निर्दोष बिरामीले ज्यान गुमाउनुपरेको हुँदा डा. अरुण पाण्डे तथा एनेस्थेसिया सहायक श्री प्रेम चन्दमाथि प्रचलित कानुनबमोजिम तत्काल अनुसन्धान गरी आवश्यक कारबाही गरियोस् भनी हार्दिक अनुरोध गर्दछु। साथै, निष्पक्ष छानबिन सुनिश्चित गर्न डा. अरुण पाण्डेलाई उहाँका दाइ तथा सेती अस्पतालका मेसु डा. हेमराज पाण्डेको प्रत्यक्ष संरक्षण वा प्रभावबाट अलग राखी अनुसन्धान अगाडि बढाइयोस् भन्ने समेत अनुरोध गर्दछु। धन्यवाद।
कार्यहरू
तँपाइकाे गुनासाे सामाजिक विकास मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल