सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 08-2026-YG9XU0
मिति
स्थिति निर्देशन गरि प्रतिकृया माग
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार यातायात व्यवस्था कार्यालयसंग सम्बन्धित गुनासो
सम्वन्धित कागजातहरु 1786098921_Debi Prasad Khanal-License.jpeg
1786098922_Renew voucher.jpeg
गुनासो/उजुरीको संक्षिप्त विवरण मेरो सवारी चालक अनुमति पत्र मा मेरो नाम DEBI PRASAD KHANAL हुनु पर्नेमा DAVI PRASAD KHANAL लेखि दिएको थियो । मैले लाइसेन्सको म्याद सकिएकोले 10 Feb. 2026 मा यातायात व्यवस्था कार्यालय धनगढीमा नविकरणका लागि प्रक्रिया अनुसार आवश्यक कागजात बुझाएको र सोहि दिन मेरो नाम सच्याई दिन हुन भनि कार्यालयले उपलब्ध गराएको तोकिएको निवेदनको ढाँचामा आवश्यक विवरण भरी वुझाएको थिए । आज २०८३ साउन २२ गते नविकरण भई आएको लाइसेन्स बुभ्mन जादा कार्डमा पुरा नसच्याई DABI PRASAD KHANAL बनाई दिएको भेटियो । नाम सच्याएको वा नसच्याएको बारे वुझन नै १ घण्टा लाग्यो । रुम नं. १०१ रुम नं. १०२ (परिक्षा शाखा) मा यता बाट उता उता बाट यता जानु पर्ने प्रक्रियाले वाक्क दिक्क लगाउने र परिक्षा शाखाका कर्मचारीको रुखो, रीसालु र झर्कने व्यवहारले सेवा ग्राही आजित हुने वातावतरण सृजना भयो । यो मेरो लाइसेन्समा किन नसच्याइएको भनि सोध्दा म अफिसको काममा व्यस्त छु भनि जवाफ दिनु भयो र मैले लाईसेन्स सम्वन्धि काम मेरो व्यक्तिगत हो भन्दा झर्केर, रीसाएर म डान्स गरी बसेको छु भन्ने जवाफ दिने कर्मचारीको आचरण भित्र पर्छ ? मैले मेरो लाइसेन्समा सच्याउनु पर्ने कुरा सच्याएर लाइसेन्स दिनु पर्ने जिकिर गर्दा, Online मा आफै सच्याउन पाउछ सच्याउनुहोस र रु. ५०० पनि online नै तिर्नुहोस भनि जवाफ पाए । कार्यालयले सच्याउनु पर्ने विवरण नसच्याइ विगारी दिने अनि जरीवाना नागरीकले तिर्नु पर्ने के यो न्यायसंगत हो ? जस्ले विगारेको हो त्यसैलाई जरीवाना तिराउनु पर्ने होइन र ? गलत गर्ने ले नै जरीवारना वा अन्य के तिर्नु पर्ने हो व्योहोर्नु पर्ने होइन र ? कार्यालयले विगार गरेको कार्यको झन्झट र आर्थिक भार जनतालाई दिने प्रदेश सरकारको यो नियमका वारेमा प्रदेश सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु र मलाई प्रदेश सरकारले सच्याएको विवरण सहितको लाइसेन्स कहिले उपलब्ध गराउने हो मलाई जानकारी गराई दिन हुन अनुरोध गर्दछु ।
कार्यहरू
तँपाइकाे गुनासाे भौतिक पूर्वाधार विकास मन्त्रालय, धनगढी, कैलाली, नेपालमा प्रकृयाकाे लागि पठाइएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल