सुदूरपश्चिम प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

हेलो सिएम (गुनासो व्यवस्थापन प्रणाली)

धनगढी, कैलाली, नेपाल

तपाईंको गुनासो/उजुरीको ताजा स्थिति

ट्र्याक नम्बर 09-2025-FAUY60
मिति
स्थिति फर्छ्यौट भएको
निवेदकको नाम र ठेगाना गाेप्य

गुनासो स्रोत वेब एप
गुनासोको प्रकार कार्यालय अभिलेख/रेकर्ड सम्बन्धि गुनासो
गुनासो/उजुरीको संक्षिप्त विवरण नमस्कार, नेपालमा सार्वजनिक निकायहरुको वेबसाईट संचालनमा आएको धेरै भएको छ । तर ती वेबसाईटमा धेरै पुराना जानकारी मात्रै राखिएको पाईन्छ । नेपाल सरकार र नेपालका ७ वटा प्रदेशहरु समेत सुदूरपश्चिम प्रदेशका सबै पदाधिकारी र कर्मचारीहरुले दैनिक के के काम गर्छन् त्यो सबै कृयाकलाप आ-आफ्नो कार्यालयको वेबसाईटमा दिनहुँ सार्वजनिक नगरेकोले उनीहरुले वास्तवमा काम गरि तलब भत्ता लिएका हुन कि कामै नगरी तलब भत्ता बुझ्ने गर्दछन्? स्पष्ट हुन सकेको छैन । वेबसाईटमा आफूले गरेको काम कारबाही दैनिक राख्दै गयो भने कर्माचारीहरुले पार्दर्शी भै काम गरेको बेहोरा जनता माझ देखिनेछ । येस्तो सार्वजनिक नगर्दा केहि हदसम्म अपार्दर्शी रुपमा काम हुने गर्छन् भन्ने आम बुझाई रहेको छ । भ्रष्टाचार पनि मौलाएको महसुस हुन्छ । आफ्नो काम ईमान्दारिताका साथ गरियो भने अर्काले पनि सकारात्मक लिई राम्रो र असल सुरुवात गर्ने मौका पाउने छ । सुदूरपश्चिम प्रदेशले दैनिक गरेको काम वेबसाईट मार्फत पब्लिक गर्‍यो भने नाक फुलाउन पनि सक्नेछ । कोहि बालेन जस्तो भनि उठन पाउने छैन । देशमा माथी उल्लेखित समेतका व्याप्त भ्रष्टाचार र बेथिती विरुद्ध हालै २०८२ भदौं २३ र २४ मा भएको जेन-जी (१२-२७ उमेर) समूहको देशव्यापी विद्रोहले आम जनतालाई झन झन सचेत बनाएको छ । यसलाई नजर अन्दाज गर्न वा नकार्न मिल्दैन । करीब ७२ जना भन्दा बढीले ज्यान गुमाएका र केवल १ दिनको राष्ट्रिय तथा नीजि सम्पत्ति तोडफोड, आगजनिबाट सिंगो देश नै खरानी भएको ऐतिहासिक यो विद्रोह अविस्मरणीय रहन्छ । अब भविष्यमा आउने सबै पुस्ता ईन्टरनेट पहुँचका हुनेछन् । यसमा कुनै दुई मत छैन् । र अब सरकारी सेवा वितरक नसुध्रे पुन: यस्तो विध्वंस नहोला भन्न सकिन्न । तपाईं हामिलाई के थाहा छ भने जे जस्तो विद्रोह भए पनि त्यसले देशलाई केहि वर्ष पछाडि पक्कै धकेल्ने गरेको हुन्छ वा निराशाजनक खतरा निम्ताउने गर्दछ । तसर्थ, अब देखि पदाधिकारी र कर्मचारीहरु सबैले दिनहुँ गरेको काम वेबसाईटमा हेर्न पाईयोस् । येस्तो बेहोरा अझै पनि वेबसाईटमा राखिएन भने मुख्यमन्त्री, मन्त्री, सचिव, उपसचिव, अधिकृत, डाक्टर, ईन्जिनियर, वकिल ईत्यादीले पार्दर्शी काम गर्दैन भन्ने आम बुझाई बढदै जानेछ । यसबाट निम्तिने स्थिती भयावह हुनेछ । सरकारको सबै काम पार्दर्शी र भ्रष्टाचार रहित हुनुपर्छ । यस्तो सुधारका काम माथिल्लो तहबाट हुनुपर्छ । अधिकार जति माथिल्लो तहमा नै रहेको हुन्छ । संगलो पानी खान मुहान मै सरसफाइ हुनुपर्छ । दुषित मुहानबाट संग्लो हावा-पानीको आश गर्न सकिदैन् । कुनै निकायका वेबसाईट छैन भने १ दिन मै बनाएर जनता माझ सार्वजनिक गर्नुपर्छ । कसैलाई यी सुझाव तथा गुनासाहरु अर्थहिन लागेमा क्षमाप्रार्थी छौं । समयक्रमले सबै बेहोरा प्रष्टयाउने नै छ । काम नगरी खाने कर्मचारी किन पालेको ? भन्ने जिम्मेवारीको जवाफ पनि जनताले माग्ने छन् । मनुष्यको व्यवहारले सबै कुराको पहिचान गर्न मद्दत हुनेछ । समय र भाग्यले दिएको भन्दा बढि कसैले पाउने कुरै छैन । कसैलाई गरीब देशका निमुखा भन्ने गरिन्छ तर सरकारी ढुकुटीमा धारे हात लगाउने तिनै पदाधिकारी तथा कर्मचारी हुन । देशको मुहार फेर्न सुशासनको प्रवर्द्धन गर्नुपर्छ । वेबसाईटमा कुन कुन मितिहरुमा के के अपलोड गरिएका हुन्छन् ती सबै रेकर्ड भएको हुन्छ । अपलोड भएको धेरै समय अन्तराल भएमा चाहेर पनि त्यसलाई सच्याउन मिल्ने छैन । किनभने अनलाईन सिस्टम भनेको अनलाईन नै हो । हार्डकपि च्यातेर वा पुराना मिति राखेर निर्णय बदले जस्तो हुदैनन् । अब युवा पुस्ताले यी बेहोरा बुझ्दैनन् नसोचियोस् । समय मै सबै सचेत भई आ-आफ्ना कार्यशैलीमा परिवर्तन गर्नुपर्छ । त्यसैले, देशमा सुशासनका लागि पार्दर्शीता अनिवार्य छ ।
कार्यहरू
सुप प्रदेश सरकार मातहतका सबै मन्त्रालय/सचिवालय/आयोग/निकायहरुले आ-आफ्नो वेवसाइट मार्फत कार्यालयका महत्वपूर्ण सूचनाहरु मासिक र स्वतः प्रकाशन त्रैमासिकरुपमा गर्दै आएका छन् । न्युन जनशक्तिका कारण केहि ढिलो हुन गएको हुन सक्छ । वेवसाइट नभएका निकायहरुलाई निर्माण गर्न यस कार्यालयबाट अनुरोध गरिएको छ । प्रदेश सरकार र सबै निकायलाइ सुशासनमैत्री बनाउन यहाँहरुको सदैव पहलकदमी भैरहोस् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाईको गुनासो हेलो सिएम कक्षले अनुमोदन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ| मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल