तपाईंको गुनासो/उजुरीको ताजा स्थिति |
|
ट्र्याक नम्बर | 10-2024-6PSAQR |
मिति | |
स्थिति | फर्छ्यौट भएको |
निवेदकको नाम र ठेगाना | गाेप्य |
गुनासो स्रोत | वेब एप |
गुनासोको प्रकार | कर्मचारी माथिको भेदभाव |
गुनासो/उजुरीको संक्षिप्त विवरण | नमस्कार ! सबै प्रदेशहरुले आआफ्नो प्रदेश र स्थानीय निजामती सेवाका ऐन र नियमावलीहरु ल्याई कर्मचारीको वृत्तिविकासका लागि र संविधानतः आवश्यक कार्यहरू गरिसके । हाम्रो प्रदेशले प्रदेश ऐन पहिलो पटक ल्याई आधा कार्यान्वयन मात्र गर्यो, २०७१ भदौ ९ मा संशोधन पनि गर्यो। तर, केही सीमित व्यक्तिहरूका स्वार्थ संङ्ग मेल खाने गरी नियमावली ल्याउन सरकार तयार छैन । कर्मचारीको स्तरवृद्धि गरेमा आर्थिक भार पर्छ भनेर प्रमुख सचिवज्यूको ब्रिफिङ भएछ भन्ने सुनियो । संविधानले दिएको अधिकार प्रयोग गरी कर्मचारीहरुलाई लात हानेर प्रदेश र स्थानीय तहमा त पठाउनु भो, अब लात हानेर नै घर पठाउने हो कि ? ऐन मा भएको स्तरवृद्धि गर्न ऐनको कुन बुदाले रोकिएको हो जानकारी पाउँ हजुर ?? नियमावली आउन किन ढिलो भएको होला, त्यो पनि जानकारी पाउँ ! अनि स्थानिय कानुन यही कार्यकालमा आउला कि अर्को कार्यकालका सरकारले ल्याउने हुन, जानकारी पाउँ !! स्तरवृद्धि सूचना कहिले प्रकाशन हुन्छ, स्पष्ट मिति बताइदिन हुन अनुरोध छ । |
कार्यहरू |
प्रदेश निजामती सेवा ऐन (संशोधन सहित) २०७९ हाल कार्यान्वयनमा रहेको र प्रदेश निजामती सेवा नियमावली तर्जुमाको अन्तिम चरणमा रहेकोले तपाइको गुनासो सो पश्चात सम्बोधन हुने व्यहोरा जानकारीका लागि अनुरोध छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो दर्ता भएको छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम कक्षले प्रक्रिया अगाडी बढाएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
तपाइको गुनासो हेलो सिएम् कक्षले अनुगमन गर्दै छ|
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढी, कैलाली, नेपाल
|